शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘पिताम्बर’को एक्सनपूर्ण टिजर सार्वजनिक

एक्सप्रेस पाना
पौष २९, २०८१ सोमबार
  • 313
    SHARES
  • चलचित्र ‘पिताम्बर’को एक्सनपूर्ण टिजर सार्वजनिक

    काठमाडौं । चैत २९ गते प्रदर्शन गर्ने तयारीमा रहेको चलचित्र ‘पिताम्बर’को एक्सनपूर्ण टिजर सार्वजनिक भएको छ । 

    images

    सोमबार सार्वजानिक टिजरमा प्रदीप र सौगातको एक्सनले भरिएको छ । 

    केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको चलचित्र ‘पिताम्बर’मा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझीलगायत कलाकारको अभिनय छ । 

    images

    विशाल चौलागाईं निर्माता रहेको चलचित्रलाई कृषा चौलागाईंले निर्देशन गरेकी छन् । पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद छ । 

    पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन छ । चलचित्र आरआर फिल्मस्ले वितरण गर्दैछ ।

  • सम्बन्धित विषय:

  • # ‘पिताम्बर’
  • # प्रदीप खड्का