आइतबार, भाद्र २८ गते २०८३
images

यू–१९ महिला विश्वकप: अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित

एक्सप्रेस पाना
पौष २९, २०८१ सोमबार
  • 247
    SHARES
  • यू–१९ महिला विश्वकप: अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित

    काठमाडौं । यू–१९ महिला विश्वकप खेल्न मलेसिया पुगेको नेपाली टिम पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको छ । 

    images

    सोमबार मलेसियामा भएको खेलमा नेपाल ९ रनले पराजित भएको हो ।

    वेस्ट इन्डिजले दिएको ११० रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा अल आउट हुदै १०० रन बनाएको थियो । नेपालका लागि सीमाना केसीले २३ र किरण कुँवरले १८ रन बनाएकी थिइन् ।

    images

    यसअघि पहिला ब्याटिंग गर्दै वेस्ट इन्डिजले ४ विकेट गुमाउदै १०९ रन बनाएको थियो ।

    नेपालले विश्वकपका खेल खेल्नु अघि जनवरी १५ मा अमेरिकाविरुद्ध पनि अभ्यास खेल खेल्ने तालिका रहेको छ ।

    विश्वकप खेल्न पुजा महतोको कप्तानीमा १५ सदस्यीय टिम मलेसिया पुगेको छ । नेपाली टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान) साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवार, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत रहेका छन् ।

    विश्वकपमा नेपाल समुह डी मा रहेको छ । समुह डी मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन् । नेपालले पहिलो खेल जनवरी १८ मा बंगलादेशसँग खेल्दै छ भने दोस्रो खेल जनवरी २० मा स्कटल्याण्डसँग खेल्दै छ । त्यस्तै जनवरी २२ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # यू–१९ महिला विश्वकप