काठमाडौं । जय ट्रफी एलिट कपमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले १३३ रन बनाएको छ ।
वीरगंजमा जारी जय ट्रफी एलिट कपको फाइनलको दोस्रो दिनमा आफ्नो पहिलो इनिङ्समा पुलिसले ३६.४ ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएर इनिङ्स सामाएतीको घोषण गरेको हो ।
पुलिसका लागि कुशल भूर्तेलले ५१ रन बनाए भने अर्जुन साउदले २८ रन बनाउँदा अमित श्रेष्ठले २० रन जोडे । अन्य खेलाडीले राम्रो प्रर्दशन गर्न सकेनन् ।
आर्मीका लागि साहब आलमले ७ विकेट लिए ।
मंगलबार पहिलो दिन पुलिसले १७ ओभरमा २ विकेट गुमाउँदै ८५ रन बनाएको थियो ।



