आइतबार, भाद्र २८ गते २०८३
images

यू–१९ महिला विश्वकप :अभ्यास खेलमा अमेरिकाविरुद्ध नेपाल ५ विकेटले पराजित

एक्सप्रेस पाना
माघ २, २०८१ बुधबार
  • 285
    SHARES
  • यू–१९ महिला विश्वकप :अभ्यास खेलमा अमेरिकाविरुद्ध नेपाल ५ विकेटले पराजित

    काठमाडौं । यू–१९ महिला टी–२० विश्वकपको दोस्रो अभ्यास खेलमा अमेरिकाविरुद्ध नेपाल ५ विकेटले पराजित भएको छ । 

    images

    बुधबार मलेसियामा भएको अभ्यास खेलमा ५९ रनको लक्ष्य पछाएको अमेरिकाले १४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । 

    त्यसअघि नेपालले टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ५८ रन बनाएको थियो । नेपालका लागि कप्तान पूजा महतोले २२ बलमा सर्वाधिक १० रन बनाइन् । अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् । 

    images

    अभ्यास खेलमा नेपालको यो लगातार दोस्रो हार हो । नेपालले पहिलो खेलमा वेस्ट इण्डिजविरुद्ध ९ रनको हार बेहोरेको थियो ।  

    नेपाल पहिलोपटक यू–१९ महिला विश्वकप खेल्न लागेको हो । आउँदो शनिबारदेखि सुरु हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । नेपालले समूह चरणमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँग खेल्ने तालिका छ ।

  • सम्बन्धित विषय:

  • # यू–१९ महिला विश्वकप