काठमाडौं । जय ट्रफी एलिट कपको फाइनलमा नेपाल पुलिस क्लबसँगको खेलमा त्रिभुवन आर्मी क्लबले पहिलो पारीमा ३७ रनको अग्रता लिएको छ ।
खेलको दोस्रो दिन आर्मी १ सय ७० रनमा अलआउट भएको हो ।
आर्मीका लागि भीम सार्कीले ५८ रन बनाए भने बसिर अहमदले ४०, सोमपाल कामीले ३२ रन जोडे । पुलिसका सागर ढकालले ५ विकेट लिदाँ कुशल भुर्तेलले ३ विकेट लिए ।
पुलिसले पहिलो पारीमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाएको अवस्थामा पारी समाप्तिको घोषणा गरेको थियो ।



