शुक्रबार, श्रावण २९ गते २०८३
images
images

जय ट्रफी कप फाइनल:जितको लागि आर्मीलाई १०३ रनको लक्ष्य

एक्सप्रेस पाना
माघ ३, २०८१ बिहीबार
  • 262
    SHARES
  • जय ट्रफी कप फाइनल:जितको लागि आर्मीलाई १०३ रनको लक्ष्य

    काठमाडौं । जय ट्रफी एलिट कपको फाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १०३ रनको लक्ष्य दिएको छ ।

    images

    वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी फाइनल खेलको तेस्रो दिन पुलिस १३९ रनमा अलआउट भएको हो ।

    यसअघि आर्मी पहिलो इनिङ्समा ३९.५ ओभरमा १७० रनमा अलआउट भएको थियो । यससँगै जितको लागि आर्मीले १०३ रनको लक्ष्य पाएको हो ।

    images

    पुलिसका लागि कुशल भूर्तेलले ४५रन बनाउँदा दिलिप नाथले ३४ रन जोडे । अन्य खेलाडी राम्रो खेल्न सकेनन् ।

    आर्मीका लागि साहब आलम र बसिर अहमदले ५–५ विकेट लिए । 

    जारी खेलमा आर्मीले ब्याटिङ गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # जय ट्रफी कप