शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल पुलिसले जित्यो जय ट्रफी एलिट कपको उपाधि

एक्सप्रेस पाना
माघ ३, २०८१ बिहीबार
  • 390
    SHARES
  • नेपाल पुलिसले जित्यो जय ट्रफी एलिट कपको उपाधि

    काठमाडौं । जय ट्रफी एलिट कपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

    images

    बिहिबार वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै पुलिस विजेता बनेको हो ।

    १०३ रनको लक्ष्य पछाएको आर्मी क्लब २९.२ ओभरमा ७४ रनमा अलआउट भयो । 

    images

    आर्मीका लागि इम्रान शेखले २८रन बनाउँदा  बिनोद भण्डारी र सोमपाल कामीले ११-११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

    पुलिसका लागि सागर ढकाल र ललित राजवंशीले कसिलो बलिङ गरे। ढकालले ६ र राजवंशीले चार विकेट लिए।

     

  • सम्बन्धित विषय:

  • # जय ट्रफी एलिट कप