शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

एक्सप्रेस पाना
माघ ३, २०८१ बिहीबार
  • 282
    SHARES
  • कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच कुनै समस्या नरहेको बताएका छ्न । 

    images

    बिहीबार आफ्नै निवास बुढानीलकण्ठमा बसेको कांग्रेस कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठकमा ब्रिफिङ गर्दै उनले एमाले र कांग्रेसको सहमतिअनुसार अघि बढ्ने र दुई दलबीचमा कुनै समस्या नरहेको बताएको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका हुन् । 

    गृहमन्त्री लेखकले बैठकमा मन्त्रीहरुसँग सेवा प्रवाहको कुरामा नागरिकलाई बढि भन्दा बढि सेवा राम्रो ढंगले प्रवाह गर्ने र मूलुकमा आर्थिक समृद्धि गर्ने सुशासन कायम गर्ने कुरामा केन्द्रीत रहेर काम गर्ने कुरामा छलफल भएको बताए । 

    images

    उनले भने,सभापतिको भनाई यही हो । एमाले र कांग्रेसको सहमतिअनुसार अघि बढ्ने हो । मुलुकमा सुशासन र मूलुकमा आर्थिक समृद्धि गर्ने हो यसै विषयमा केन्द्रित भएर तपाईहरु काम गर्नुस् । हामी दुई दलबीचमा कुनै समस्या छैन भन्ने नै आजको निश्कर्ष हो ।’

    । 
    त्यस्तै उनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको घटना दुःखद भएको भन्दै घटनामा संलग्न जोसुकैलाई कारबाही गर्ने पनि बताए । 

    उनले भने,‘यो देशमा लोकतन्त्र छ । व्यवसायिक स्वतन्त्र छ । मानिसले आफ्नो व्यवसाय गर्न पाउँछ । त्यसमा बाधा व्यवधान गर्ने र अराजकता गर्ने कानुन विपरीत काम गर्ने जो सुकैलाई पनि दण्डित हुन्छ । जुन दिनेश त्रिपाठीमाथि घट्ना भएको छ यो अत्यन्तै निन्दनीय र  गलत काम भएको छ । यस्तो अराजकता गर्ने जुनसुकै पार्टीका मानिस भए पनि कारबाही हुन्छ ।’ 

  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • # एमाले