शुक्रबार, श्रावण २९ गते २०८३
images
images

काठमाडौं–तराई मधेस द्रुतमार्ग निरीक्षणमा पुगे राष्ट्रपति

एक्सप्रेस पाना
माघ ४, २०८१ शुक्रबार
  • 263
    SHARES
  • काठमाडौं–तराई मधेस द्रुतमार्ग निरीक्षणमा पुगे राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजनाको निरीक्षण गरेका छन् । 

    images

    शुक्रबार निरीक्षणका क्रममा भइरहेका काम कारबाही र प्रगतिबारे जानकारीसमेत लिएका छन् । उनले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन गर्न भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी लिए ।

    Photo (9) (3).jpg 

    images

    मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ ।

    निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिए । 

    Photo (8) (4).jpg
     
    काठमाडौं, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठूलो योगदान पुग्ने अपेक्षा राखिएको छ ।

  • सम्बन्धित विषय:

  • # रामचन्द्र पौडेल
  • # द्रुतमार्ग