आइतबार, भाद्र २८ गते २०८३
images

यू–१९ महिला विश्वकप:बङ्गलादेशविरुद्ध नेपाल ५ विकेटले पराजित

एक्सप्रेस पाना
माघ ५, २०८१ शनिबार
  • 329
    SHARES
  • यू–१९ महिला विश्वकप:बङ्गलादेशविरुद्ध नेपाल ५ विकेटले पराजित

    काठमाडौं । आईसीसी यू–१९ टी–२० महिला विश्वकपको पहिलो खेलमा नेपाल पराजित भएको छ । 

    images

    शनिबार मलेसियामा भएको पहिलो खेलमा नेपाल बङ्गलादेशविरुद्ध ५ विकेटले पराजित भएको हो । नेपालले दिएको ५३ रनको सामान्य लक्ष्य बङ्गलादेशले १३.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो ।

    बङ्गलादेशका लागि सदिया इस्लामले सर्वाधिक १६ रन जोडिन् भने कप्तान सुमैया अक्तरले १२ रन बनाउँदा असिमा इरा ९ रनमा नटआउट रहिन् ।

    images

    नेपालकी कप्तान पूजा महतो, रिया शर्मा, सिमाना केसी र रचना चौधरीले समान एकएक विकेट लिए ।

    यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ५२ रन मात्रै बनाउन सक्यो ।

    नेपालका लागि ओपनर साना प्रविनले १९ रन बनाइन् भने सिमाना केसीले १० रन जोडिन । 

    बङ्गलादेशका लागि जनाथन माओलाले दुई विकेट लिइन् भने अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान एक÷एक विकेट लिए ।

     

  • सम्बन्धित विषय:

  • # यू–१९ महिला विश्वकप