काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले क्रिकेटबाट सन्यास लिने संकेत गरेका छन् ।
नेपाली क्रिकेट टिमका लेग स्पिनर समेत रहेका लामिछानेले शनिबार राति सामाजिक सञ्जालमा एक भावुक स्टाटस लेख्दै आफूलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिएका हुन् ।
उनले लेखेका छन् "‘सबै कुराका लागि सबैलाई धन्यवाद । यो देश र यस सुन्दर राष्ट्रका अद्भुत मानिसहरूले मेरो यात्राको प्रत्येक कदममा सधैँ साथ दिए, अटल सहयोग प्रदान गरे’, सन्दीपले फेसबूकमा लेखेका छन्, ‘तपाईंहरूको माया र हौसला मेरा लागि अमूल्य छन् र सधैँ मेरो हृदयमा विशेष स्थान ओगटिरहनेछन् । शब्दहरूमा व्यक्त गर्न नसकिनेगरी आभारी छु " ।
उनको यस्तो पोस्टपछि फ्यानहरू सन्दीपले क्रिकेटबाट सन्यास लिन खोजेको अड्कल गरिरहेका छन्।
भर्खरै सकिएको एनपीएल कपमा सन्दीपले उत्कृष्ट प्रदर्शन गर्न सकेका थिएनन् ।




