आइतबार, भाद्र २८ गते २०८३
images

यू–१९ महिला विश्वकप:नेपालले आज स्कटल्याण्डको सामना गर्दै

एक्सप्रेस पाना
माघ ७, २०८१ सोमबार
  • 281
    SHARES
  • यू–१९ महिला विश्वकप:नेपालले आज स्कटल्याण्डको सामना गर्दै

    काठमाडौं । जारी महिला यू–१९ टी–२० विश्वकपमा आज नेपाल र स्कटल्याण्डबीच खेल हुदै छ । 

    images

    सोमबार मलेसियामा हुने खेल नेपाली समय अनुसार विहान १२ः १५ बजेदेखि सुरु हुने छ ।

    नेपाल र स्कटल्याण्ड दुवैले आ–आफ्नो पहिलो खेलमा हार व्यहोरिसकेका छन् । नेपालले बंगलादेशसँग हारेको थियो भने स्कटल्याण्डले अस्ट्रेलियासँग हारेको थियो । विश्वकपको अर्को चरणमा पुग्न दुवै देशलाई यस खेलमा जित निकाल्न अनिवार्य रहेको छ ।

    images

    विश्वकप खेल्न पुजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली टिम मलेसिया पुगेको छ । टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान) साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवार, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत रहेका छन् ।

    मलेसियामा जनवरी १८ देखि शुरु भएको विश्वकपमा १६ देशले भाग लिदै छन् । जसमा नेपालसहित आयोजक मलेसिया, अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, भारत, आयरल्याण्ड, न्यूजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् । 

  • सम्बन्धित विषय:

  • # यू–१९ महिला विश्वकप