शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ट्रम्पको आश्वासनपछि अमेरिकामा फेरी चल्न थाल्यो टिकटक

एक्सप्रेस पाना
माघ ७, २०८१ सोमबार
  • 248
    SHARES
  • ट्रम्पको आश्वासनपछि अमेरिकामा फेरी चल्न थाल्यो टिकटक

    काठमाडौं । अमेरिकामा बन्द भएको टिकटक फेरी सुचारु भएको छ । 

    images

    नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको आश्वासनपछि सामाजिक सञ्जाल एप टिकटकले अमेरिकामा आफ्नो सेवा सुचारु गरेको हो।

    स्थानिय सञ्चार माध्यमका अनुसार ट्रम्पले राष्ट्रपति पद ग्रहण गरेपछि एपलाई प्रतिबन्धबाट राहत दिन कार्यकारी आदेश जारी गर्ने आश्वासन दिएपछि टिकटकले यो कदम चालेको हो ।

    images

    यसअघि आइतबार टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द गरेको थियो ।

    शुक्रबार अमेरिकी सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # टिकटक
  • # डोनाल्ड ट्रम्प