काठमाडौं । यू–१९ महिला टी–२० विश्वकपमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
सोमबार मलेसियामा हुन लागेको खेलमा स्कटलयण्डविरुद्ध टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।
नेपाल र स्कटल्याण्ड दुवैले आ–आफ्नो पहिलो खेलमा हार व्यहोरिसकेका छन् । विश्वकपको अर्को चरणमा पुग्न दुवै देशलाई यस खेलमा जित निकाल्न अनिवार्य रहेको छ ।
विश्वकप खेल्न पुजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली टिम मलेसिया पुगेको छ । टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान)साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवार, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत रहेका छन् ।


