आइतबार, भाद्र २८ गते २०८३
images

यू–१९ महिला विश्वकप:नेपालले स्कटलयण्डलाई दियो ७४ रनको लक्ष्य

एक्सप्रेस पाना
माघ ७, २०८१ सोमबार
  • 383
    SHARES
  • यू–१९ महिला विश्वकप:नेपालले स्कटलयण्डलाई दियो ७४ रनको लक्ष्य

    काठमाडौं । यू–१९ महिला टी–२० विश्वकपमा नेपालले स्कटलयण्डलाई ७४ रनको लक्ष्य दिएको छ । 

    images

    सोमबार मलेसियामा जारी खेलमा स्कटलयण्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपाले १८.५ ओभरमा सबै विकेट गुमाउँदै ७३ रन बनाएको हो ।  

    नेपालका लागि कप्तान पूजा महतोले २७ रन बनाइन् भने सावित्री धामीले १० रन जोडिन् । अन्य खेलाडीले राम्रो खेल्न सकेनन् ।

    images

    स्कटल्याण्डका लागि मैसी मसेइराले ५ तथा एमी बाल्डी र नैमा शेखले २–२ विकेट लिइन् ।

    विश्वकपको अर्को चरणमा पुग्न नेपाल र स्कटल्याण्ड दुवै देशलाई आजको खेलमा जित निकाल्न अनिवार्य रहेको छ ।

  • सम्बन्धित विषय:

  • # यू–१९ महिला विश्वकप