काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई एक खेलका लागि प्रतिबन्ध लगाएको छ।
लामिछानेलाई क्यानले अनुशासनको कारबाही गरेको हो । क्यानका प्रवक्ता छुम्बी लामाले सन्दीपलाई एक खेलका लागि निलम्बन गर्दै स्पष्टीकरण सोधिएको बताए । उनका अनुसार सन्दीपले अब क्यानले आयोजना गर्ने कुनै प्रतियोगितामध्ये एक खेल खेल्न पाउने छैनन् ।
सन्दीपले हालै सम्पन्न जय ट्रफी एलिट कपका बेला अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेका थिए । यही विषयलाई लिएर क्यानले उनीमाथि कारबाही गरेको बताइएको छ ।



