आइतबार, भाद्र २८ गते २०८३
images

यू–१९ महिला विश्वकप:नेपालले आज अस्ट्रेलियाको सामना गर्दै

एक्सप्रेस पाना
माघ ९, २०८१ बुधबार
  • 295
    SHARES
  • यू–१९ महिला विश्वकप:नेपालले आज अस्ट्रेलियाको सामना गर्दै

    काठमाडौं । मलेसियामा जारी यू–१९ महिला टी–२० क्रिकेट विश्वकपमा नेपालले आज अस्ट्रेलियाको सामना गर्दै छ । नेपाली समय अनुसार यो खेल अपराहन्न सवा १२ बजेदेखि शुरु हुदै छ ।

    images

    समुह डी मा रहेको नेपालले यस अघि दुवै खेलमा हार बेहोरेको छ र सुपर सिक्समा पुग्ने सम्भावना कम रहेको छ । त्यस्तै अस्ट्रेलियाले भने यस अघिका दुवै खेल जितेर सुपर सिक्समा आफ्नो स्थान सुरक्षित गरिसको छ । 

    विश्वकप खेल्न पुजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली टिम मलेसिया पुगेको छ । टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान) साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवार, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत रहेका छन् ।

    images

    विश्वकपमा नेपाल समुह डी मा रहेको छ । समुह डी मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन् । 

  • सम्बन्धित विषय:

  • # यू–१९ महिला विश्वकप