काठमाडौं । यू–१९ महिला टी–२० क्रिकेट विश्वकपमा नेपालले पहिले बलिङ गर्दै छ ।
बुधबार मलेसियामा हुन लागेको खेलमा अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरे संगै नेपालले पहिले बलिङ गर्ने भएको हो ।
समुह डी मा रहेको नेपालले यस अघि दुवै खेलमा हार बेहोरेको छ र सुपर सिक्समा पुग्ने सम्भावना कम रहेको छ । त्यस्तै अस्ट्रेलियाले भने यस अघिका दुवै खेल जितेर सुपर सिक्समा आफ्नो स्थान सुरक्षित गरिसको छ ।
आजको खेलमा नेपाली टिममा पुजा महतो (कप्तान), साना प्रविन, ज्योत्सनिका मारसिनी, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, रिया शर्मा, रचना चौधरी, सीमा केसी, र अनु कडायत रहेका छन् ।


