आइतबार, भाद्र २८ गते २०८३
images

यू–१९ महिला विश्वकप:अस्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य

एक्सप्रेस पाना
माघ ९, २०८१ बुधबार
  • 328
    SHARES
  • यू–१९ महिला विश्वकप:अस्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य


    काठमाडौं । यू–१९ महिला टी–२० क्रिकेट विश्वकपमा अस्ट्रेलियाले नेपाललाई १४० रनको लक्ष्य दिएको छ ।

    images

    बुधबार मलेसियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनाएको हो । 

    अष्ट्रेलियाका लागि काइमोही ब्रेले ४५ रन बनाइन् भने एलेनोर लारोसाले ३० रन बनाइन् ।

    images

    नेपालका लागि पूजाले ३ विकेट लिइन् । पूजाले ४ ओभरमा रन खर्चेर ३ विकेट लिएकी हुन् ।

    सीमाना केसीले लगातार २ विकेट लिइन् भने रिया शर्माले १ विकेट लिइन् ।

     

  • सम्बन्धित विषय:

  • # यू–१९ महिला विश्वकप