आइतबार, भाद्र २८ गते २०८३
images

अष्ट्रेलियासँग पराजित हुदैँ समूह चरणबाटै बाहिरियो नेपाल

एक्सप्रेस पाना
माघ ९, २०८१ बुधबार
  • 297
    SHARES
  • अष्ट्रेलियासँग पराजित हुदैँ समूह चरणबाटै बाहिरियो नेपाल

    काठमाडौं । यू–१९ महिला विश्वकपमा नेपाल अष्ट्रेलियासँग पनि पराजित भएको छ ।

    images

    बुधबार मलेसियामा भएको खेलमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको हो । पराजित भएसंगै नेपाल विश्वकपबाट बाहिरीएको छ । 

    अष्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर खेलेर ८ विकेट गुमाउँदै ५६ रन मात्र बनाउन सक्यो ।

    images

    नेपालका लागि कप्तान पूजा महतोले १८ रन बनाइन् । अन्य खेलाडीले राम्रो खेल्न सकेनन् ।

    अष्ट्रेलियाका लागि हसरत गिल र जुलियट मोर्टनले २–२ विकेट लिइन् ।

    यसअघि अष्ट्रेलियाले २० ओभर खेलेर ६ विकेटको क्षतिमा १३९ रन बनाएको थियो ।

    नेपालका लागि पूजाले ३ विकेट लिइन् । 

    सीमाना केसीले लगातार २ विकेट लिइन् भने रिया शर्माले १ विकेट लिइन् ।

  • सम्बन्धित विषय:

  • # यू–१९ महिला विश्वकप