काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेको शल्यक्रिया गरिएको छ ।
बुधबार बालाजुस्थित सिल्भरलाइन अस्पतालमा क्रिकेटर लामिछानेको शल्यक्रिया गरिएको हो ।
अस्पतालका अनुसार लामिछानेको राइट डाइरेक्ट इङ्गुइनल हर्नियाको टोटल एक्स्ट्रा पेरिटोनियल (मास रिपेयर) गरिएको हो ।
शल्यक्रिया डा. दीपक शर्मा नेतृत्वको टोलीले गरेको अस्पतालले जनाएको छ ।
‘यस अस्पतालको शल्यचिकित्सा विभागद्वारा क्रिकेटर सन्दीप लामिछानेको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको हो । उहाँको शल्यक्रिया शल्यचिकित्सक डा। दीपक शर्मा नेतृत्वको टिमद्वारा भएको हो,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।




