शुक्रबार, श्रावण २९ गते २०८३
images
images

भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्री राणाद्वारा दु:ख व्यक्त

एक्सप्रेस पाना
माघ १०, २०८१ बिहीबार
  • 345
    SHARES
  • भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्री राणाद्वारा दु:ख व्यक्त

    काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी मृत्यु भएको खबरले आफू दुःखी भएको बताएकी छिन् ।

    images

    उनले उक्त दुर्घटनामा ज्यान गुमाउने नेपाली र भारतीय नागरिकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली र उनीहरुका परिवारजनमा समवेदना व्यक्त गरेकी छिन् ।

    मन्त्री आरजुले यस विषयमा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग फोनमार्फत कुरा गरेको जानकारी गराएकी छन् ।

    images

    आरजुले सामाजीक सञ्जालमा लेखेकी छन्,"भारतको महाराष्ट्रमा हिजो भएको रेल दुर्घटनामा परी नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले निकै दुःख लागेको छ । यस दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली तथा उहाँहरुका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु । साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । आज बिहान भारतका लागि नेपाली राजदूत र नेपालस्थित भारतीय राजदूतलाई फोन सम्पर्क गरी उद्वार एवं घाइतेहरुको स्वास्थ्य उपचारमा तदारुकताका लागि भारत सरकार र सम्बद्ध सरोकारवालाहरुसँग आग्रह गरेकी छु ।"

  • सम्बन्धित विषय:

  • # आरजु राणा
  • # परराष्ट्रमन्त्री