शनिबार, भाद्र २७ गते २०८३
images

कालिञ्चोक-३ मा वडा स्तरीय भलिबल प्रतियोगिता सुरु

एक्सप्रेस पाना
आश्विन २४, २०७८ आइतबार
  • 721
    SHARES
  • कालिञ्चोक-३ मा वडा स्तरीय भलिबल प्रतियोगिता सुरु

    असोज २४, दोलखा । आज बाट कालिन्चोक गाउँपालिकामा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।

    images

    पालिकाकै वडा नं. ३ मा रहेको खेलकुद समितिको मुख्य आयोजनमा पोखरेमा सुरु भएको प्रतियोगिताको पालिका अध्यक्ष बिन कुमार थामी र वडा अध्यक्ष निशान बुढाथोकीले उद्घाटन गर्नुभएको हो ।  1633851752026.jpg

    प्रतियोगितामा प्रथम हुने टोलीले नगद ३० हजारसहित शिल मेडल प्रमाण पत्र र दोस्रो हुने टोलीले २० हजार रुपैयाँ नगद सहित सिल मेडल प्रमाणपत्र , तेस्रो हुने टोलीले १० हजार रुपियाँ नगद र सिल मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

    images

    आज बाट सुरु भएको यो प्रतियोगितामा पालिका भित्रका १० वटा टिमले सहभागिता जनाएका छन् भने आउँदो २६ गते सम्म यो खेल जारी हुने वडा अध्यक्ष निशान बुढाथोकीले जानकारी दिनुभयो ।  1633851759086.jpg