आइतबार, भाद्र २८ गते २०८३
images

यू–१९ महिला विश्वकप:प्लेअफमा नेपालले आज मलेसियाको सामना गर्दै

एक्सप्रेस पाना
माघ ११, २०८१ शुक्रबार
  • 330
    SHARES
  • यू–१९ महिला विश्वकप:प्लेअफमा नेपालले आज मलेसियाको सामना गर्दै

    काठमाडौं । जारी महिला यू–१९ टी–२० क्रिकेट विश्वकपमा नेपालले आज मलेसियाको सामना गर्दै छ । नेपाली समय अनुसार यो खेल अपराहन्न सवा १२ बजेदेखि शुरु हुदै छ ।

    images

    यसअघि समुह चरणमा बाहिरिएका नेपाल र आयोजक मलेसिया १३औ देखि १६औं स्थानसम्मको प्लेअफका लागि खेल्न लागेका हुन् । त्यस्तै अर्को प्लेअफमा पाकिस्तान र सामोआ पनि खेल्दै छ ।

    विश्वकपको सुपर सिक्सको समुह एकमा भारत, अस्ट्रेलिया, श्रीलंका, बंगलादेश, स्कटल्याण्ड र वेस्टइण्डिज रहेका छन् भने समुह २ मा दक्षिण अफ्रिका, इङल्याण्ड, अमेरिका, नाइजेरिया, आयरल्याण्ड र न्यूजील्याण्ड रहेका छन् ।   

    images

    समुह डी मा रहेको नेपालले तिनै खेलमा हार बेहोरेर बाहिरिएको थियो । 

    विश्वकप खेल्न पुजा महतोको कप्तानीमा १५ सदस्यीय टिम मलेसिया पुगेको छ । नेपाली टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान) साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवार, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # यू–१९ महिला विश्वकप