आइतबार, भाद्र २८ गते २०८३
images

यू–१९ महिला विश्वकप :प्लेअफमा मलेसियाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

एक्सप्रेस पाना
माघ ११, २०८१ शुक्रबार
  • 273
    SHARES
  • यू–१९ महिला विश्वकप :प्लेअफमा मलेसियाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

    काठमाडौं । महिला यू–१९ टी–२० क्रिकेट विश्वकपमा नेपालले पहिले बलिङ गर्ने भएको छ ।

    images

    शुक्रबार मलेसियामा हुन लागेको प्लेअफको खेलमा मलेसियाविरुद्ध नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । 

    यसअघि समुह चरणमा बाहिरिएका नेपाल र आयोजक मलेसिया १३औ देखि १६औं स्थानसम्मको प्लेअफका लागि खेल्न लागेका हुन् । 

    images

    समुह डी मा रहेको नेपालले तिनै खेलमा हार बेहोरेर बाहिरिएको थियो । 

    विश्वकप खेल्न पुजा महतोको कप्तानीमा १५ सदस्यीय टिम मलेसिया पुगेको छ । नेपाली टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान) साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवार, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # यू–१९ महिला विश्वकप