काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य सामान्य घटेको छ ।
आज सुनको मुल्य तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मुल्य प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मुल्य पनि घटेको छ । आइतबार चाँदी तोलाको १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।



