शुक्रबार, श्रावण २९ गते २०८३
images
images

महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त

एक्सप्रेस पाना
माघ १४, २०८१ सोमबार
  • 295
    SHARES
  • महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त

    काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् । 

    images

    सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा तामाङलाई नियुक्त गरेको हो । १७–२६ फेब्रुअरीसम्म नेपालमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि एन्फाले तामाङलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । 

    यसअघि नेपालमा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएपछि तामाङले प्रशिक्षकबाट राजीनामा दिएका थिए । 

    images

    यसैगरी, एन्फाले टिम म्यानेजरमा वृन्दा देवानलाई नियुक्त गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा महासचिव किरण राईले मुख्य प्रशिक्षक तामाङ र म्यानेजर देवाललाई नियुक्ति पत्र दिएका छन् ।

     

  • सम्बन्धित विषय:

  • # एन्फा