काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन्।
सिल्भर लाइन अस्पतालमा हर्नियाको शल्यक्रिया गराएका सोमबार उनलाई घर पठाएको हो।
सन्दीपको गत ९ गते हर्नियाको शल्यक्रिया गरिएको थियो । हाल उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।
सिल्भरलाइन अस्पतालमा शल्यचिकित्सक डा.दिपक शर्मा नेतृत्वको टोलीले सन्दीपको शल्यक्रिया गरेको थियो।



