असोज २४ काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा आयोजक राष्ट्र माल्दिभ्ससंग श्रीलंका १-० ले पराजित भएको छ ।
माल्दिभ्स पहिलो खेलमा नेपालसंग पराजित भएको थियो । तर बंगलादेश र श्रीलंकालाई भने माल्दिभ्सले पराजित गरेको हो । आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्सको ६ अंक भएको छ ।
उक्त खेलमा माल्दिभ्सका लागि कप्तान अलि अस्फाकले छैटौं मिनेटमा एक गोल गरेका हुन् ।


