काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका प्रशिक्षक मोन्टी देशाईलाई नेपाल क्रिकेट संघ (क्यान)ले निरन्तरता नदिने भएको छ ।
क्यानले शनिबार एक विज्ञप्तिजारी गर्दै देशाईसँग सन् २०२३ मा भएको दुई वर्षको सम्झौता सकिएसँगै सम्झौता नवीकरण नगर्ने निर्णय गरेको हो ।
क्यानले उनलाई आगामी यात्राको लागि सफलताको शुभकामना समेत दिएको छ ।
मोन्टीको कार्यकालमा नेपाल ओडिआई मान्यता जोगाउनुका साथै ओडिआई विश्व कपको छनोट समेत खेलेको थियो । मोन्टीकै कार्यकालमा नेपालले पहिलो पटक एसिया कप समेत खेलेको थियो ।


