आइतबार, भाद्र २८ गते २०८३
images

आइसिसी यू–१९ महिला विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा पूजा महतो

एक्सप्रेस पाना
माघ २१, २०८१ सोमबार
  • 338
    SHARES
  • आइसिसी यू–१९ महिला विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा पूजा महतो

    काठमाडौं । नेपालकी कप्तान पूजा महतो आइसिसी यू–१९ महिला विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा परेकी छन् । 

    images

    आइसिसीले घोषणा गरेको १२ खेलाडीमा पूजा पनि परेकी भएकी हुन् । उनी ‘टिम अफ द टुर्नामेन्ट’ टिममा पर्ने एक मात्र एसोसिएट खेलाडी हुन् । 

    पूजाले विश्वकपमा अलराउन्ड प्रदर्शन गरेकी थिइन् । उनले विश्वकपको चार खेलमा ७० रन बनाउनुका साथै ९ विकेट लिएकी थिइन् । 

    images

    पूजा नेपालका लागि सर्वाधिक रनकर्ता र विकेटकर्ताको सूचीको शीर्ष स्थानमा थिइन् । यद्यपि टिमले भने समूह चरण पार गर्न नसके पनी प्लेअफ खेलमा भने नेपालले आयोजक मलेसियालाई पराजित गरेको थियो । 

    दोस्रो संस्करणको यू–१९ विश्वकप पनि भारतले जितेको छ । आइतबार भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै भारतले उपाधि जितेको हो ।   

  • सम्बन्धित विषय:

  • # पूजा महतो