काठमाडौं । गण्डकी प्रदेशले आज प्रदेशको स्थापन दिवसको अवसरमा सार्बजनिक बिदा दिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले विभिन्न कार्यक्रम गरेर प्रदेश स्थापना दिवस मनाउने र आज प्रदेशमा सार्बजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।
गण्डकी प्रदेश स्थापनाको अवसरमा आज प्रदेशका सरकारी कार्यालय, शैक्षिक संस्थान र सार्बजनिक संस्थान बन्द हुने छन् ।



