काठमाडौं । जारी त्रिकोणात्मक टि–२० सिरिजमा नेपालकी अलराउण्डर पूजा महतोले अर्ध शतक प्रहार गरेकी छन् ।
बुधबार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेदरल्याण्डसविरुद्ध पूजाले अर्ध शतक प्रहार गरेकी हुन् ।
पूजाले ४३ बलमा चार चौकासहित अर्धशतक बनाएकी हुन् ।


