शुक्रबार, श्रावण २९ गते २०८३
images
images

फेसबुक,इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिबन्ध लगाइनेछ:सञ्चारमन्त्री गुरुङ

एक्सप्रेस पाना
माघ २३, २०८१ बुधबार
  • 273
    SHARES
  • फेसबुक,इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिबन्ध लगाइनेछ:सञ्चारमन्त्री गुरुङ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिबन्ध लगाउने बताएका छन् ।

    images

    नेपाल टेलिकमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले हामीले चलाउने सामाजिक सञ्जालहरुमध्ये दर्ता भएको टिकटक मात्र रहेको बताए । 

    उनले भने, “हामीसँग अहिले दर्ता भएर, प्वाइन्ट अफ कन्टयाक्ट तोकेर बसेको आज टिकटक मात्रै छ । हामीले मेटालाई बोलाइरहेका छौँ, आउँछ, की आउँदैन, हेर्न बाँकी छ । आएन भने नेपालमा चल्न दिन्नौँ।”

    images

    उनले सामाजिक सञ्जालमा मनपरी लेख्ने, मनपरी गर्नेकुरा लोकतन्त्र नभएको भन्दै त्यसकै नियमनका लागि संसद्‌मा सामाजिक सञ्जाल सञ्चालन र नियमन गर्ने विधेयक संसद्‌मा पेस गरिएको समेत बताए।

  • सम्बन्धित विषय:

  • # पृथ्वीसुब्बा गुरुङ