काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले न्यायिक हिरासतमा पठाइएको छ ।
चितवन जिल्ला अदालतमा आजबाट सुरु भएको बयान र त्यसपछिको थुनछेक बहस नसकिएपछि लामिछानेलाई भोलि १० बजे उपस्थित गराउने गरी प्रहरीको जिम्मा लगाइएको हो ।
न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई हिरासतमा राख्न आदेश गरेको हो । लामिछानेविरुद्ध मंगलबार सहकारी ठगीमा चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । आज सरकारी वलिकका तर्फबाट पाँच जना वकिलले बहस गरेका छन् भने लामिछानेका तर्फबाट एक जनाले बहस गरेका छन् ।



