काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमालेले अध्यादेशको पक्षमा उभिन सांसदहरूलाई ह्विप जारी गरेका छन् ।
बिहिबार बस्ने राष्ट्रिय सभाको बैठकमा नेपाल सरकारद्वारा संसद् अधिवेशन नभएको समयमा जारी गरिएका अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ।
दिउँसो सवा १ बजे बस्ने बैठकमा अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गरिने भएपछि सत्तारुढ दल कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित भई अध्यादेशको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् ।
गत पुस १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका थिए । त्यसपछि, पुस २९ गते चार वटा र माघ २ गते थप एउटा अध्यादेश जारी गरियो । यी सबै ६ वटा अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेका छन् ।



