काठमाडौं । नेपाली कांग्रेसले जनता समाजवादी नेपालसहितको समर्थनमा सरकारले ल्याएको अध्यादेश संसद्बाट पारित हुने बताएको छ ।
बिहीबार संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ५१ वटा अस्वीकारका सूचनाहरु परेको भन्दै त्यसमा छलफल गरेर अस्वीकारका सूचनाहरुलाई अस्वीकार गर्दै अध्यादेश स्वीकृत हुने बताएका हुन् । उनले जसपा नेपालको समर्थनसहित अध्यादेश पारित हुने बताए ।
उनले भने,‘आज अध्यादेश पेस हुन्छ । ५१ वटा अस्वीकारका सूचनाहरु परेको छन् । यो सबैमाथि छलफल हुन्छ । छलफल भएर अस्वीकारका सूचनाहरुलाई अस्वीकार गरिने छ । त्यसपछि यो अध्यादेश स्वीकृत हुन्छ । पारित हुनेमा ढुक्क छौ । जसपा नेपालले समर्थन गर्छ, हिजो पनि प्रधानमन्त्रीलाई भोट हालेको पार्टी हो । अहिले पनि सत्ता पक्षको बेन्चमा बसेको छ । उहाँहरुको समर्थनसहितले यो अध्यादेश पनि हुन्छ ।’
उ
नले संसदीय दलको बैठकअघि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेको र उक्त भेटवार्तामा भएको छलफलमा अध्यादेशबारे उपेन्द्र सकारात्मक भएको पनि जानकारी दिए ।



