शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेहा र सत्यन्द्रको विषयमा पूर्वाग्रह भयो भन्नु मेरो जीवनमूल्य र आदर्शप्रति नै अवमूल्यन हो:गृहमन्त्री लेखक

एक्सप्रेस पाना
माघ २४, २०८१ बिहीबार
  • 244
    SHARES
  • नेहा र सत्यन्द्रको विषयमा पूर्वाग्रह भयो भन्नु मेरो जीवनमूल्य र आदर्शप्रति नै अवमूल्यन हो:गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले जातिय विभेद र छुवाछुतको विरुद्धमा आफु सधैं रहेको बताएका छन् । 

    images

    बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालको संविधानले प्रत्याभूत गरेको छुवाछुत तथा भेदभाव विरुद्धको हक एंव व्यक्तिका नैसर्गिक मानव अधिकारको रक्षा र त्यसको उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा गृहमन्त्रालय क्रियाशिल रहेको बताएका हुन् । 

    उनले वैयक्तिक स्वतन्त्रता र मानवअधिकारको लागि विद्यार्थी कालदेखि नै लड्दै आएको भन्दै अन्तरजातीय विवाहप्रति पूर्वाग्रह भयो भन्नु जीवनमूल्य र आदर्शप्रति नै अवमूल्यन भएको बताए । 

    images

    उनले भने,"नेहा रौनियार र सत्यन्द्ररामबीच भएको अन्तरजातीय विवाह सम्बन्धमा प्रकाशित समाचार, अभिव्यक्त चासोहरु र सदनमा सदस्यहरुले उठाउनु भएको विषयमा मेरो ध्यान गम्भिर रुपले गएको छ । म अत्यन्त धेरै संवेदनशिल छु । म कुनै पनि प्रकारको जातिय विभेद र छुवाछुतको विरुद्धमा सधैँ रहने छु र रहेको छु । म यसमा अहिले पनि र जीवभर प्रतिबद्ध रहेको कुरा जानकारी गराउन चहान्छु । वैयक्तिक स्वतन्त्रता र मानवअधिकारको ग्यारेन्टीका लागि विद्यार्थी कालदेखि नै लड्दै आएको म अन्तरजातीय विवाहप्रति पूर्वाग्रह भयो भन्नु मेरो जीवनमूल्य र आदर्शप्रति नै अवमूल्यन हो भन्ने ठानेको छु । यस विषयमा म र मेरो मन्त्रालय संवेदनशिल रहेको छ ।"

    उनले आफू मात्र होईन आफ्नो पार्टी नेपाली कांग्रेस पनि जातीय विभेद र छुवाछुत विरुद्ध रहेको बताए । 

  • सम्बन्धित विषय:

  • # रमेश लेखक