शुक्रबार, श्रावण २९ गते २०८३
images
images

केपी ओली रहँदासम्म बाम एकता सम्भव छैन:अध्यक्ष प्रचण्ड

एक्सप्रेस पाना
माघ २८, २०८१ सोमबार
  • 252
    SHARES
  • केपी ओली रहँदासम्म बाम एकता सम्भव छैन:अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहँदासम्म नेपालमा कम्युनिस्ट वा बामपन्थी एकता सम्भव नभएको बताएका छन् । सोमबार जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

    images

    उनले भने,‘केपीजी रहँदासम्म नेपालमा कम्युनिस्ट एकता, बामपन्थी एकता हुने स्थिति छैन।’

    प्रचण्डले तत्काल सरकार बनाउनेतर्फ आफ्नो दलको ध्यान नरहेको स्पष्ट पार्दै नेपाली कांग्रेससँग पनि सहकार्यको सम्भावना नरहेको बताए।

    images

    उनले भने,‘अहिले हाम्रो प्राथमिकता सरकार होइन। हामी जनतामा जाने, जनचेतना अभिवृद्धि गर्ने, पार्टीलाई नयाँ ढंगले विस्तार गर्दै सुदृढ बनाउने अभियानमा छौं। यो हाम्रो लागि मात्र होइन, देशकै लागि आवश्यक छ। उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायका साथै मधेशी जनताका लागि झन् बढी जरुरी छ।’ । 

    उनले एमाले वा कांग्रेससँग पटक–पटकको सहकार्यले आफ्नै पार्टीको राजनीतिक संस्कृति प्रभावित भएको स्वीकार गर्दै भने, ‘हामी पनि कहिले एमाले, कहिले कांग्रेससँग मिल्दा अलिअलि उनीहरूको संस्कृति आत्मसात् गरेजस्तो भएको छ। अब हामी फेरि आत्मसुधार गरेर जनतासँग जानेछौं। अहिले हाम्रो प्राथमिकता सरकार होइन।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड