मंगलबार, श्रावण १२ गते २०८३
images
images

छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

एक्सप्रेस पाना
माघ २८, २०८१ सोमबार
  • 340
    SHARES
  • छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

    काठमाडौं । चीनले विकास गरेको छ खुट्टा भएको रोबोट कुकुरको हालै अन्टार्कटिकामा पूर्ण परीक्षण गरिएको छ । 

    images

    सांघाई जिओ टोङ युनिभर्सिटी र लेनोभो समूहले संयुक्त रूपमा विकास गरेको छ खुट्टा भएको रोबोट कुकुरको परीक्षण गरिएको हो ।

    आइस एडप्टिभ जुत्ता लगाएको रोबोटले १०० किलोग्रामसम्म तौल भएका वस्तु बोकेर हिउँ परेको सतहमा सहज रूपमा हिँड्न सक्छ ।

    images

    रोबोटका विकासकर्ताहरूका अनुसार यसले माइनस ४० डिग्री सेल्सियससम्मको तापक्रममा लगातार दुई घण्टासम्म काम गर्न सक्छ । यस्ता रोबोटहरू उपकरणहरू निरीक्षण गर्न, खिया र तेल चुहावटको निगरानी गर्न प्रयोग हुने गरेका छन् ।(सीसीटीभीप्लस)

  • सम्बन्धित विषय:

  • # रोबोट कुकुर