शुक्रबार, श्रावण २९ गते २०८३
images
images

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट निर्माणका लागि बोलपत्र स्वीकृत

एक्सप्रेस पाना
फाल्गुण १, २०८१ बिहीबार
  • 294
    SHARES
  • त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट निर्माणका लागि बोलपत्र स्वीकृत

    काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जडानका लागि आह्वान गरिएको बोलपत्र स्वीकृत भएको छ ।

    images

    अन्तर्राष्ट्रिय मापदण्डको प्यारापिट र फ्लडलाइट जडानका लागि छुट्टा छुट्टै कम्पनीको बोलपत्र स्वीकृत गरिएको हो ।

    प्यारापिटका लागि बिकेओआई–केसिडिसी–बिजी जेभी, टंगलले दर्ता गराएको ४३ करोड ७७ लाख ३० हजार १३ रुपैयाँको बोलपत्र स्वीकृत भएसँगै ठेक्का पाएको छ ।

    images

    फ्लडलाइट जडानका लागि ललितपुरको विशन–इश्वरी जोइन्ट भेन्चरले ठेक्का पाएको छ । कम्पनीले ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँमा ठेक्का पाएको हो ।

    सार्वजनिक खरिद ऐनअनुसार ठेक्का पाएका कम्पनी र अरु विवरणको सार्वजनिक सूचना प्रकाशित गर्नु पर्छ । त्यहीअनुसार त्रिवि मैदानको प्यारापिट र फ्लडलाइटका ठेक्का पाएका कम्पनीको नाम प्रकाशित गरिएको हो ।

     

  • सम्बन्धित विषय:

  • # त्रिवि क्रिकेट मैदान