काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ।
शुक्रबार सुन तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहिबार सुन एक लाख ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।



