आइतबार, भाद्र २८ गते २०८३
images

नेपाल र चीनको युवा टोलीबीचको मैत्रीपूर्ण फुटबलको तयारी पूरा

एक्सप्रेस पाना
फाल्गुण २, २०८१ शुक्रबार
  • 267
    SHARES
  • नेपाल र चीनको युवा टोलीबीचको मैत्रीपूर्ण फुटबलको तयारी पूरा

    काठमाडौं । भोलि(शनिबार)बाट हुने काठमाडौंमा नेपाली युवा टोली र चीनको युनान युवा टोलीको बीचमा मैत्रीपूर्ण फुटबल खेलको तयारी पूरा भएको छ ।

    images

    शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेलको तयारी पूरा भएको जानकारी गराइएको हो । 

    पत्रकार सम्मेलनमा कोच राजेश शाहीले युवा टोलीले धेरै राम्रो खेल प्रदर्शन गरेर यो भन्दा माथि आफूलाई अपग्रेड गर्ने विश्वास व्यक्त गरे ।   

    images

    उनले भने,‘हाम्रो युवा टोली हुनुहुन्छ । युवा टोलीले धेरै राम्रो खेल प्रदर्शन गरेर योभन्दा माथि आफूलाई अपग्रेड गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’

    चिनियाँ नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना र चिनियाँ दूतावासको सहयोगमा मैत्रीपूर्ण फुटबल खेलको आयोजना हुन लागेको हो ।

    आयोजकका अनुसार यस खेलको प्रविधिक पक्षको सबै जिम्मेवारी एन्फाको रहने छ भने खेलसम्बन्धी मार्केटिङ, ब्रोडकास्टिङ, टिकेटिङलगायतका अन्य जिम्मेवारी चिनियाँ दूतावासको रहने छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

     

  • सम्बन्धित विषय:

  • # मैत्रीपूर्ण फुटबल