शुक्रबार, श्रावण २९ गते २०८३
images
images

जनकपुर क्षेत्रमा १२ सय बिघा जग्गा लुटिएको छ:सांसद झा

एक्सप्रेस पाना
फाल्गुण ५, २०८१ सोमबार
  • 282
    SHARES
  • जनकपुर क्षेत्रमा १२ सय बिघा जग्गा लुटिएको छ:सांसद झा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुर क्षेत्रका १ हजार २ सय जग्गा हिनामिना भएको बताएका छन् । गरेर आफ्नो बनाउने नेताहरुको नाम सार्वजनिक गरिदिने चेतावनी दिएका छन् ।

    images

    सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय जनप्रतिनिधि, ठेकेदार, दलाल सबै मिलेर जनकपुर क्षेत्रको १ हजार २ सय विघा जग्गा लुटिएको बताएका हुन् । उनले जग्गा हिनामिना गरेर आफ्नो बनाउने नेताहरुको नाम सार्वजनिक गरिदिने चेतावनी दिए । 

    उनले भने, ‘अहिले १४ सय विघामा २ सय विघामात्रै बाँकी छ । पुराना दलका सबै नेता, त्यहाँको स्थानीय जनप्रतिनिधि, ठेकेदार, दलाल सबै मिलेर १२ सय विघा लुटिसके । त्यससम्बन्धी पटक–पटक आवाज उठाउँदै आएको छु । विभिन्न चरणमा हामी सरकारमा हुँदैगर्दा त्यसको खोजतलास गर्नका लागि कमिटी र प्रतिवेदनमा पनि काम गरिसकेका छौं । अहिले वर्तमान सरकारलाई ध्यानाकार्षण गराउन चाहन्छु, म आफैं पनि त्यसमा काम गर्दैछु र आगामी बैठकमा कुन–कुन नेताले कति–कति जग्गा लिएको छ भन्ने जानकारी लिएर उपस्थित हुनेछु ।’

    images

    साथै उनले आगामी बैठकमा कति जग्गा कसले ल्याएको छ त्यसका बारेमा  जानकारी लिएर नै उपस्थित हुने चेतावनी समेत दिए ।

  • सम्बन्धित विषय:

  • # मनिष झा