शुक्रबार, भाद्र २६ गते २०८३
images

 माधव नेपालसंगको छलफल पछि बालुुवाटार पुुगे प्रचण्ड   

एक्सप्रेस पाना
श्रावण ५, २०७८ मंगलबार
  • 621
    SHARES
  •  माधव नेपालसंगको छलफल पछि बालुुवाटार पुुगे प्रचण्ड   

    काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका छन्। मंगलबार विहान नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग कोटेश्वरमा छलफल गरेलगत्तै प्रचण्ड बालुवाटार गएका हुन्। नेता नेपालसँगको भेटमा जनता समाजवादी पार्टी जसपा का अध्यक्ष उपेन्द्र यादवपनि सहभागी थिए।

    images

    भेटमा सरकारमा सहभागीताको विषयलगायत विकसित पछिल्ला राजनीतिक घटनामाक्रमबारे छलफल भएको बुझिएको छ। प्रधानमन्त्री देउवाले विश्वासको मत पाएपछि अब मन्त्रिपरिषद बिस्तार गर्ने तयारी छ। यो साताभित्रै मन्त्रिपरिषद विस्तार गर्नका लागि नेताहरूले सक्रियता बढाएका छन्।

    प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदमा कांग्रेसबाट २ र माओवादीबाट २ मन्त्री यसअघि नै नियुक्त गरेका थिए। मन्त्रिपरिषद २५ सदस्यीय बनाउन मिल्छ। अरू मन्त्रालय प्रधानमन्त्री देउवाले नै राखेका छन्। सरकारमा सहभागिता र मन्त्रालय भागबण्डाका विषयमा आज टुंगो लगाउने तयारी गठबन्धनका दलहरुले गरेका छन्।

    images