काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मुल्य बढेको छ ।
आज सुन तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो कारोबार दिन सोमबार सुन एक लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।



