शुक्रबार, आश्विन २३ गते २०८३
images

सामाजिक संजाल सम्बन्धि विधेयक जस्ताको त्यस्तै पारित गर्न मिल्दैन्:शेखर कोइराला

एक्सप्रेस पाना
फाल्गुण ६, २०८१ मंगलबार
  • 282
    SHARES
  • सामाजिक संजाल सम्बन्धि विधेयक जस्ताको त्यस्तै पारित गर्न मिल्दैन्:शेखर कोइराला

    काठमाडौं । नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले सामाजिक सञ्जाल सम्बन्धी विधेयक जस्ताको त्यस्तै पास गर्न नमिल्ने बताएका छन् । 

    images

    मंगलबार काठमाडौंमा आयोजित नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई साम्बोधन गर्दै उनले नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न नपाउने कुरामा दुई मत नभएको भन्दै विधेयक फिर्ता गरेर सामाजिक सञ्जाल प्रयोग गर्नेहरुसँग बसेर छलफल गर्नुपर्ने बताएका हुन् । 

    उनले यो विधेयक जस्ताको त्यस्तै पास भयो भने मानिसको अभिव्यक्ति स्वतन्त्रतामाथि नै आघात पुग्ने बताए । 

    images

    उनले भने, ‘सामाजिक सञ्जाल विधेयक भर्खर संसदमा गएको छ, छलफल हुन बाँकी नै छ । जसरी यो विधेयक आएको छ र जस्ताको त्यस्तै पास भयो भने मानिसको अभिव्यक्ति स्वतन्त्रतामाथि नै आघात पुग्छ । नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न पाइदैँन् भन्ने कुरामा दुई मत छैन् । कुनै पनि हालतमा विधेयक फिर्ता गरेर स्टेक होल्डर र अन्य सामाजिक सञ्जालको प्रयोग गर्नेहरुसँग बसेर छलफल गरेर मात्र विधेयक ल्याउन जरुरी छ ।’

  • सम्बन्धित विषय:

  • # शेखर कोइराला
  • # ‘सामाजिक सञ्जाल विधेयक