काठमाडौं । नेपाली बजारमा लगातार दुई दिनदेखी बढेको सुनको मुल्य बुधबार पनि बढेको छ ।
आज सुन तोलामा ११ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन एक लाख ६९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ ।
महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।



