काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
बिहिबार दशरथ रंगशालामा भएको खेलमा नेपालले लेबनानलाई १-० गोल अन्तरले पराजित गरेको हो । यो जितसंगै नेपाल अन्तिम खेलअगावै फाइनलमा पुगेको छ ।
खेलको ४३ औँ मिनेटमा नेपाली फरवार्ड सावित्रा भण्डारी साम्बाले प्रहार गरेको बल लेबनानकी डिफेन्डरको खुट्टामा लागेर गोल पोष्टमा छिरेको थियो ।
नेपालले पहिलो खेलमा किर्गिस्तानलाई पराजित गरेको थियो ।
नेपालले २ खेलमा ६ अंक हासिल गरेको छ र म्यान्मारसँगै फाइनलमा पुगेको छ । त्यस्तै लेबनान र किर्गिस्तान भने २(२ खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएका छन् ।
फाइनल खेल अघि फेब्रुअरी २३ मा नेपाल र म्यान्मार खेल्ने छन् भने सोहि दिन लेबनान र किर्गिस्तान खेल्ने छन् ।


