शुक्रबार, श्रावण २९ गते २०८३
images
images

डोनाल्ड ट्रम्पलाई मेन्सन गर्दै बालेनले लेखे स्टाटस:'अमेरीका भन्दा नेपाल राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद'

एक्सप्रेस पाना
फाल्गुण ९, २०८१ शुक्रबार
  • 337
    SHARES
  • डोनाल्ड ट्रम्पलाई मेन्सन गर्दै बालेनले लेखे स्टाटस:'अमेरीका भन्दा नेपाल राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद'

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले अमेरिका अल्छीहरुको देश भएको बताएका छन् । 

    images

    मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मेन्सन गर्दै अमेरिका र अन्य देशबीचको सम्बन्ध तथा अमेरिकी आप्रवासन नीति (डीभी) बारे धारणा सार्वजनिक गर्दै अमेरिका बाहिरी श्रमिकहरूमा निर्भर र अल्छी रहेको आरोप लगाएका हुन् ।

    उनले अमेरीका भन्दा नेपाल राम्रो छ भनेर महसुस गराएकोमा ट्रम्पलाई धन्यवाद समेत दिएका छन् । 

    images

    उनले लेखेका छन्,‘प्रिय डोनाल्ड जे ट्रम्प, हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराउनु भएकोमा धन्यवाद। हामी गरिब छौं किनभने हाम्रा मानिसहरू देश छोडेर जाँदैछन् । तपाईं गरिब हुनुहुन्छ किनकी तपाईंका मानिसहरूले तपाईंको देश बनाउन सक्दैनन्,’ । ’बाँकी संसारभन्दा तपाईंहरू अल्छी हुनुहुन्छ। कृपया आफ्नो अभिलाषा (dv) दासत्व पनि बन्द गर्नुहोस्; हामीले हाम्रा रत्नहरू फिर्ता पाउनेछौं। आफ्नो देशबाट बाँकी विश्वलाई प्रतिबन्ध लगाउनुहोस्, र संसारलाई अघि बढ्न दिनुहोस्।’

    balenn.png
     

     

  • सम्बन्धित विषय:

  • # बालेन शाह
  • # डोनाल्ड ट्रम्प